भिमाद नगरपालिकाले कृषक, खरिदकर्ता र कृषि सामग्री आपूर्तिकर्तालाई जोड्न डिजिटल कृषि बजार व्यवस्थापन प्रणाली सुरु गरेको छ। कृषकले आफ्नो उत्पादन विवरण पेश गरी खरिदकर्तालाई खोज्न सक्छन् र खरिदकर्ताले आवश्यक उत्पादनको माग विवरणका साथै अर्डर गर्न सक्छन्। यसमा सहभागी हुन पहिलो पटक रजिस्टर गर्नुपर्छ र भेरिफिकेशन पछि मात्र विवरण पेश गर्न सकिन्छ।